बाढीले रुपन्देहीमा दर्जनौं उद्योग डुबानमा, करोडौं क्षति भएको अनुमान
बिहीबार दिउँसो आएको अविरल वर्षाका कारण रुपन्देहीका दर्जनौं उद्योग डुबानमा परेका छन् । रुपन्देहीको सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित अन्य क्षेत्रमा रहेको उद्योग डुबानमा परेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जिल्लाका धेरैवटा उद्योग डुबानमा परेको जानकारी दिए । उनले सिद्धार्थ र तिलोत्तमा नगरपालिकासहित रुपन्देही–भैरहवा करिडोरका गरी दर्जनौ उद्योग डुबानमा परेको बताए ।
पञ्चकन्या स्टिल र प्लास्टिक उद्योग, एभरेष्ट रोलिङ, एभरेष्ट फूड एण्ड वेभरेज, लक्ष्मी स्टिल, नेश्नल रबर इन्डिस्ट्रिज, सिद्धि विनायक एग्रो श्री स्टिल लगायतका उद्योग डुबानमा परेका हुन् । जसमध्ये सबैभन्दा धेरै चक्लेट, दाल÷चामल, कागज उद्योगहरुमा क्षति भएको पाइएको छ । यसैगरी मनकामना कार्बोड उद्योगमा पनि धेरै क्षति भएको हुन सक्ने आङ्कलन गरिएको छ । तिलोतमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले धेरै उद्योग डुबानमा परेकाले अहिलेसम्म क्षतिको विवरण आइनसकेको बताए । उनले रातोपाटीसँग भने, ‘धेरै वटा उद्योगमा क्षती पुगेको छ । कुनै–कुनै उद्योगमा एउटैमा करोडौंको क्षति भएको आङ्कलन गरिएको छ । तर, अहिलेसम्म आधिकारिक विवरण आएको छैन ।’
उनले बिहीबार दिनभर परेको पानी निकास हुन नपाउँदा उद्योगहरुमा क्षति पुगेको बताए । खासगरी, त्यस वरिपरि बनेका अव्यवस्थित घरले पानी निकास हुन नदिएपछि डुबानमा परेको हुन सक्ने उनको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण