चीनको तीन–डोज खोप डेल्टा भेरियन्टबिरुद्ध ७८ प्रतिशत प्रभावकारी भएको दाबी
चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टविरुद्ध पनि ७८ प्रतिशतसम्म प्रभावकारी पाइएको पनि बताइएको छ ।
कम्पनीले बुझाएको यो पहिलो तथ्यांक हो तर यसमा विस्तृत पीयर रिभ्यू तथ्यांक भने उपलब्ध छैन । यसलाई तीन डोजमा दिइने जीएफ२००१ नाम दिइएको यो खोपलाई बजारमा लैजानका लागि अनुमति प्रदान गर्ने पहिलो कदमको रुपमा हेरिएको छ । यसलाई गत मार्चमा चीनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यसको प्रयोग उज्बेकिस्तानमा पनि भइरहेको छ ।
पछिल्लो चरणको तथ्यांक २८ हजार ५०० जनामा गरिएको तेस्रो चरणको परीक्षणको मूल्याङ्कनको आधारमा प्रस्तुत गरिएको हो । यो परीक्षण उज्बेकिस्तान, पाकिस्तान, इन्डोनेसिया, इक्वेडोर र चीनको हुनान प्रान्तमा गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
-
नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालसहित ५ जना सङ्गठित ठगीको मतियार ठहर
-
एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी मुख्य योजनाकार, बालकृष्ण खाण मतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण