रियलको सङ्घर्षपूर्ण जीत
आइतबार, १३ भदौ २०७८, ०६ : ४७
रियल म्याड्रिडले रियल बेटिसमाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । करिम बेन्जेमाको क्रसलाई ड्यानी कार्भाहालले गोलमा परिणत गर्दै रियललाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । कार्भाहालले सन् २०१९ नोभेम्बर ३० पछि रियलका लागि पहिलो गोल गरेका हुन् ।
यसअघि बेन्जेमा र कार्भाहालले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । बेटिस भने नबिल फेकिरको फ्रिककबाट गोल नजिक पुगेको थियो । तीन खेलपछि रियल सात अंकसहित सेभिया, भ्यालेन्सिया र मायोर्कासँगै लिगको शीर्ष स्थानमा रहेको छ ।
रियलले यतिबेला पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । अर्को हप्ताको ट्रान्सफर डेडलाइन अघि फ्रान्सका २२ वर्षीय खेलाडीलाई क्लबमा भित्र्याउने रियलको लक्ष्य रहेको छ । तर, पीएसजीले रियलको अफर अपुग भएको भन्दै स्वीकार गरेको छैन ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
