कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित
चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।
केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका हुन् । कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ । कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन अनुरोध गरेका छन् ।
उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए ।
भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताए ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण