विनोदको ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ सार्वजनिक
वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत कलाको आयु अनन्त रहने बताएका छन् । गीतकार विनोद चालिसेको कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’को बिमोचन कार्यक्रममा उनले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने कुरोमा जोड दिए ।
काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता गगन थापा, श्रष्ठा श्रवण मुकारुङ, संगीतकार अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, पत्रकार पुरुषोत्तम दाहाल लगायतले दुबै कृति संयुक्त सार्वजनिक गरेका थिए ।
कार्यक्रममा काँग्रेस नेता गगन थापाले संगीतमा सबैलाई बाधेर राख्न सक्ने शक्ति भएको बताए ।
४० कविता संग्रह गरिएको पुस्तक पैरबी बुकले प्रकाशन गरेको हो । कार्यक्रममा युवा कवि केशव पाठकले कविता संग्रह समेत वाचन गरेका थिए ।
गीति संग्रहमा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलका गीत समावेश छ । गीतमा शब्द विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको छ । गीतमा स्वरुप राज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काले स्वर दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण