सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वडा अधिवेशनअघि पौडेलले भने– आत्माको पुकार सुनेर निर्णय लिनू

बिहीबार, १७ भदौ २०७८, १२ : ३९
बिहीबार, १७ भदौ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आत्माको पुकार सुनेर निर्णय लिन कार्यकर्तालाई अपिल गरेका छन् । वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन अपिल गरेका हुन् । 

महाधिवेशनबाट संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आउन आवश्यक भएको बताए। लोकतन्त्रलाई साकार पार्ने र काँग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्ने पौडेलले बताए  । 
उनले त्यो अवश्यकतामा केन्द्रित भएर वडादेखि नै नेतृत्व चयनमा ध्यान दिन अपिल गरेका छन् ।

सानातिना निजी कुरा बिर्सेर महान् लक्ष्यलाई ध्यानमा अगाडि बढ्न पौडेलको आग्रह छ ।  ‘कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ? पौडेलको प्रश्न छ ।

भोलिबाट काँग्रेसले वडा अधिवेशन गर्दैछ । मंसिर ९–१३ महाधिवेशनको कार्यतालिका अनुसार भोलिदेखि वडा अधिवेशन हुन लागेको हो । २२ गतेसम्म वडा अधिवेशन सक्नेगरी काँग्रेसले तयारी अगाडि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप