वडा अधिवेशनअघि पौडेलले भने– आत्माको पुकार सुनेर निर्णय लिनू
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आत्माको पुकार सुनेर निर्णय लिन कार्यकर्तालाई अपिल गरेका छन् । वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत पौडेलले कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन अपिल गरेका हुन् ।
महाधिवेशनबाट संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आउन आवश्यक भएको बताए। लोकतन्त्रलाई साकार पार्ने र काँग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्ने पौडेलले बताए ।
उनले त्यो अवश्यकतामा केन्द्रित भएर वडादेखि नै नेतृत्व चयनमा ध्यान दिन अपिल गरेका छन् ।
सानातिना निजी कुरा बिर्सेर महान् लक्ष्यलाई ध्यानमा अगाडि बढ्न पौडेलको आग्रह छ । ‘कसरी लोकतन्त्रलाई संस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने ? पौडेलको प्रश्न छ ।
भोलिबाट काँग्रेसले वडा अधिवेशन गर्दैछ । मंसिर ९–१३ महाधिवेशनको कार्यतालिका अनुसार भोलिदेखि वडा अधिवेशन हुन लागेको हो । २२ गतेसम्म वडा अधिवेशन सक्नेगरी काँग्रेसले तयारी अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण