नेपाल भर्सेस भारत : रोमाञ्चक खेलका तस्बिर
बिहीबार, १७ भदौ २०७८, २० : ११
नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।
दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरु उपस्थित भएको खेलमा दुबै टोलीले उत्कृष्ट खेल देखाएका थिए । नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो सदनमा प्रश्नको घाँटी निमोट्ने तयारी हुँदैछ : महामन्त्री थापा
-
सभामुखलाई पनि बोल्न अवरोध : कांग्रेसले रोष्टम घेर्यो (तस्बिरहरु)
-
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
संसदीय समिति नबनी सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा
-
सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्मा गलत अभ्यास नगरौं
-
गगन थापाले भने– संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस्