पर्वत पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, एक वेपत्ता (अपडेट)

पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी विमला, ११ वर्षकी विनिता र ९ वर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिँदा फूलमाया थापाको मृत्यु भएको छ । कुश्मा–११ पकुवामा पहिरोले घर पुरिँदा मायाकुमारी पौडेल र उनका ३ वर्षका छोराको मृत्यु भएको छ । मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल वेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको छ ।
त्यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य