मकवानपुरको कर्रा खोलाले ट्रक बगायो, २ जना वेपत्ता
शुक्रबार, १८ भदौ २०७८, १५ : ३७
मकवानपुरको कर्रा खोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा २ जना वेपत्ता भएका हुन् । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण कर्रा खोलामा आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाएको हो ।
बाढीले ट्रकसँगै ट्रकमा सवार २ जना बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एकजना ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय गणेश थापा मगरलाई बगाएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट कर्णालीकै अल्लोको झोलामा
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन