मकवानपुरको कर्रा खोलाले ट्रक बगायो, २ जना वेपत्ता
शुक्रबार, १८ भदौ २०७८, १५ : ३७
मकवानपुरको कर्रा खोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा २ जना वेपत्ता भएका हुन् । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण कर्रा खोलामा आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाएको हो ।
बाढीले ट्रकसँगै ट्रकमा सवार २ जना बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एकजना ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय गणेश थापा मगरलाई बगाएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण