कता हराए गायक निमा रुम्बा ?
एक समयका चर्चित गायक हुन् निमा रुम्बा । ‘मिस क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रीति बस्यो’ लगायत थुप्रै हिट गीत संगीतबाट दर्शक रिझाउन सफल उनी गायक, गीतकार तथा संगीतकार मात्र थिएनन् । उनी फिल्मका हिरो समेत बनेका थिए ।
‘कागबेनी’ र ‘छिरिङ’ उनले नायकको रुपमा समेत अभिनय गरेका फिल्म हुन् । थुप्रै विज्ञापन चलचित्रमा समेत अभिनय गरेका उनको नयाँ गीत संगीत नआएको धेरै भयो । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका रुम्बाले सन् १९९४ मा एकल एल्बम ‘सुन सुन’ ल्याएका थिए । उनलाई गायकमा स्थापित गर्ने काम गीत ‘मिस् क्याटवाक’ ले गरेको थियो । यो गीत उनको दोस्रो एल्बम ‘मेमोरिज’ मा समावेस थियो ।
नेपाली रक पप संगीतमा राम्रो पकड बनाएका उनी पछिल्लो समय गायनमा सक्रिय छैनन् । सायद त्यसैले पनि उनलाई गायन छाडेर पलायन भए भनेर भन्न थालिएको छ । विदेशका विभिन्न कार्यक्रममा भने उनी सहभागी हुने गरेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरबाट अनुमान लगाउन सकिन्छ । अहिले भने उनी गायनमा पुनरागमन चर्चा चलेको छ । उनी छिट्टै नयाँ गीत संगीत मार्फत देखिन लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण