वीपीमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको आरोप
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप छ । शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं. २० विष्णुपादुकाकी ४१ वर्षीय फूलमाया राईको निधन भएको हो ।
उपचारमा लापरबाही गर्ने चिकित्सकहरू र कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ । भदौ १७ गते बिहीबार बिहान देखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बिरामीको दुई वटै मिर्गौलामा भिडियो एक्सरेबाट १५.३ एम.एम. को र पित्तथैलीमा ७ एम.एम.को पत्थर देखिएको थियो । उपचार गराउँदा सम्बन्धित चिकित्सकको उपस्थित नभएको, राम्रोसँग बिरामीको उपचार नगरी शुक्रबार डिस्चार्ज पुर्जी दिएको थियो ।
बिरामीलाई घरमा लगेर प्रेप्शक्रिप्सन गरिएको औषधीहरू सेवन गराउँदा बिरामीको अवस्था खराब हुँदै गएका कारण पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आज बिहान ३ बजे आकस्मिक कक्षमा भर्ना गरिने बित्तिकै महिलाको निधन भएको हो । सम्बन्धित चिकित्सकले नहेरेको कारण बिरामीको निधन भएको आफन्तको भनाई छ । मृतक महिलाकी नन्द दुर्गा राईले लापरबाही गर्ने चिकित्सक माथि कडा कारबाही तथा छानबिन गर्नुपर्ने माग राख्दै इमरजेन्सी अस्पतालका डेपुटी डाइरेक्टर दिव्यराज मिश्रलाई दरखास्त पत्र बुझाएकी छन् । उनले स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौँ, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन धरान शाखालाई बोधार्थ पत्र बुझाएको छ ।
प्रतिष्ठानमा चिकित्सकको लापरबाहीको कारण महिलाको निधन भएको खबर पुगेपछि मेयर तिलक राई पनि पुगेका थिए । मेयर राईले तुरुन्तै छानबिन गर्नुपर्ने बताउँदै छानबिन समितिले पीडित पक्षलाई वार्तामा बोलाएर मनाएर पठाउन आग्रह गरे । पीडित पक्षले छानबिन समितिले वार्तामा नबोलाएसम्म मृतक महिलाको शव नलाने अडान लिएका छन् । शव मर्चरीमा लगेर व्यवस्थापन गरिएको छ । प्रतिष्ठानका छानबिन समितिले पीडित पक्षसँग भोलि (आइतबार) वार्तामा बस्ने आश्वासन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रमा तलब विवाद, हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण