सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रामकुमार नेपालीको मौलिक गीत सार्वजनिक

आइतबार, २० भदौ २०७८, १७ : २२
आइतबार, २० भदौ २०७८

सर्वसाधारणबाटै छाडा गीत संगीतको तीव्र विरोध हुन थालेपछि पछिल्लो समय मौलिक गीत संगीत भित्रिने क्रम बढ्न थालेका छन् । यस्तैमा मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको छ । लामो समयदेखि उत्कृष्ट गीत संगीतमार्फत श्रोता तथा दर्शक रिझाउन सफल गायक गायिका रामकुमार नेपाली, आशा केसी, अमृत भारती र सपना सुनामको स्वर गीतमा रहेको छ । अमृत भारतीको शब्द रहेको गीतमा संगीत संयोजन सञ्जय श्रीपालीले गरेका छन् ।

‘बाँचुञ्जेल भेटघाट हुँदा हाँस्ने खेल्ने गर, यो संसारमा अजम्बरी को मान्छे नै छ’ जीवनको यर्थाथ बोध गराउने र बाँचुन्जेल हाँसखेल गरेर बिताउनु पर्ने आसय ब्यक्त गर्ने गीतले एक अर्काेसँग मिल्नुपर्ने सन्देश समेत दिएको छ । गीत निकै रमाइलो बनेको छ । 

सुन्दैमा नाचु नाचु लाग्ने खालको गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा समर्पण शाही, अस्मिता रनपाल, राजु आरडी, जुनु एस डी र विश्वराज ढलाकोटीको अभिनय देख्न सकिन्छ । याम गुरुङको निर्देशन, महेश महराको छायाँकन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन गीतमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप