बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

हेलम्बु राजमार्ग अवरुद्ध

सोमबार, २१ भदौ २०७८, ०९ : ०३
सोमबार, २१ भदौ २०७८

अविरल वर्षाले मेलम्ची नगरपालिका  १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो । सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक  सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 
 

मालपोतमा आलोपालो हट्यो

मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरोना महामारीको कारण भीडभाड कम गर्न कार्यालयले सो प्रणाली कार्यान्वयनमा ल्याएको थियो । प्रमुख मालपोत अधिकृत चण्डीप्रसाल कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा आलोपालो प्रणाली हटाएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप