यम बरालको नयाँ गीतमा जोर्डन र बेनिषा
मङ्गलबार, २२ भदौ २०७८, १० : ५८
लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीत ‘अझ वर वर आउ’ लिएर आएका छन् । युगल गायन समेटिएको रोमान्टिक शैलीमा तयार गीतमा बराललाई गायिका प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छन् ।
गीतमा संगीत गायक बरालले नै गरेका हुन् भने शब्दहरू उज्वलराज भट्टराईको रहेको छ । बलराम समालले गीतका संगीत संयोजक गरेका छन् ।
गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोर्डन राजभण्डारीको रोमान्स देख्न सकिन्छ । सोनम पाख्रिनद्वारा निर्देशित भिडियो नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको हो । अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास दाहालले सम्पादक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण