नेपालमा थप लगानी गर्न चाहन्छौँ : होङसी ग्रुप
नेपालमा झण्डै ४० अर्ब (३५० मिलियन अमेरिकी डलर) लगानी गरी सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको जनाएको छ । नेपाल लगानी बोर्डको १० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ग्रुपका प्रबन्ध निर्देशक ल्यु सु डोङले लगानी इच्छा देखाएका हुन् ।
नेपालको एसएच इन्भेष्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी सिमेन्टको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न प्रकृया अघि बढेको उनले बताए । यी परियोजना विकास गर्न पनि लगानी बोर्डबाट उनले सहयोग अपेक्षा गरेका छन् ।
अध्ययन र अनुसन्धानका लागि सन् २०१३ देखि नै नेपालमा रहेको जनाउँदै उनले नेपालमा पछिल्ला वर्ष भइरहेको परिवर्तन प्रेरणादायी रहेको उल्लेख गरे । यहाँका नागरिकको जीवनस्तर एक नयाँ उचाइमा पुुगेको तथा सामाजिक र आर्थिक विकासमा उल्लेखनीय उपलब्धी हासिल भएको बताउँदै उनले नेपालको विकास प्रकृयामा थप संलग्न हुने इच्छा व्यक्त गरे । होङ्सी सिमेन्ट परियोजना विकासको काम थालिएदेखि नै लगानी बोर्डबाट सकारात्मक सहयोग प्राप्त भएको डोङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा