नेपालमा थप लगानी गर्न चाहन्छौँ : होङसी ग्रुप
नेपालमा झण्डै ४० अर्ब (३५० मिलियन अमेरिकी डलर) लगानी गरी सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको जनाएको छ । नेपाल लगानी बोर्डको १० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ग्रुपका प्रबन्ध निर्देशक ल्यु सु डोङले लगानी इच्छा देखाएका हुन् ।
नेपालको एसएच इन्भेष्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी सिमेन्टको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न प्रकृया अघि बढेको उनले बताए । यी परियोजना विकास गर्न पनि लगानी बोर्डबाट उनले सहयोग अपेक्षा गरेका छन् ।
अध्ययन र अनुसन्धानका लागि सन् २०१३ देखि नै नेपालमा रहेको जनाउँदै उनले नेपालमा पछिल्ला वर्ष भइरहेको परिवर्तन प्रेरणादायी रहेको उल्लेख गरे । यहाँका नागरिकको जीवनस्तर एक नयाँ उचाइमा पुुगेको तथा सामाजिक र आर्थिक विकासमा उल्लेखनीय उपलब्धी हासिल भएको बताउँदै उनले नेपालको विकास प्रकृयामा थप संलग्न हुने इच्छा व्यक्त गरे । होङ्सी सिमेन्ट परियोजना विकासको काम थालिएदेखि नै लगानी बोर्डबाट सकारात्मक सहयोग प्राप्त भएको डोङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण