माधव नेपालहरू उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी
नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो ।
अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।
एमालेमाथि गम्भिर षड्यन्त्र भएकाको भन्दै उनले त्यो षड्यन्त्र चिर्न र संसद प्रतिक्रियावादीहरुो एकलौटी खेलमैदान हुन नदिन संसद अवरुद्ध पारिने बताए ।
‘आज राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै ...’ संसदीय दलको बैठकमा ओलीले भने, ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ ।’
अध्यक्ष ओलीले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदलाई मान्यता दिएर अर्को पार्टी गठन नै हुन नसक्ने दावी समेत गरे । ‘यसरी हाम्रो पार्टीका विरुद्धमा षडयन्त्र गरेको हुनाले र हाम्रो पार्टी फोडेको हुनाले सदन चल्ने स्थिति रहेन,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण