मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ । कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताएका छन् ।
भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताएका छन् ।
केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए । कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण