प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको नाराबाजी, तस्बिरमा हेरौं
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर एमाले सांसदहरुले नाराबाजी गरेका हुन् ।सांसदहरुले सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइँदैन भन्ने नारा लगाएका छन् । सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बताए ।

उनले जनताका जल्दाबल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको र सदन सञ्चालन गर्न दिन आग्रह गरे । एमाले सांसदहरुले नाराबाजी गरेलगत्तै बैठक १५ मिनेटका लागि स्थगित भएको थियो, त्यसपछि सुरु भएको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण