डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४ औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेप्टेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वी एशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई थप सुदृढ बनाउने समेत निर्णय गरेको उनले जानकारी दिए ।
विद्यालय स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने र विश्व स्वास्थ्य सङ्गठनको २०२२–२०२३ को कार्यक्रम र बजेट बैठकले पारित गरेको छ । नेपालले यस बैठकदेखि अर्को बैठकसम्म नयाँ अध्यक्ष नचुनिँदासम्म समितिको अध्यक्षता गर्नेछ । यही भदौ २२ गतेदेखि नेपालमा भर्चुअल रूपमा भएको बैठक आज सकिएको थियो । बैठकमा समेटिएका १० राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण