बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् ।
उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड महामारीका कारण संस्थानको व्यापारमा प्रभाव परेको उनले बताए । महामारीको समयमा संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । यस्तै, सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कँडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड
-
नुवाकोटको घटना सम्झँदै प्रचण्डले भने– छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमणको कोसिस गरे
-
परम्परागत सीपमा आधारित युवा सञ्जालमा नयाँ समिति चयन
-
जलाशययुक्त आयोजना छाडेर प्राधिकरणले किन दिँदैछ ‘पम्प स्टोरेज’ मा ध्यान ?
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी