बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले यसरी सम्झियो सेप्टेम्बर ११ को त्रासद घटना

आइतबार, २७ भदौ २०७८, १५ : ४०
आइतबार, २७ भदौ २०७८

अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो ।  सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ ।

 न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्रासदीको सम्झना गरेका छन् । 

पहिलो मौनधारण बिहान ८ः ४६ मा गरिएको थियो । २० वर्षअघि यही समय प्लेन वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा पहिलो विमान हमला भएको थियो । ९ः ०३ मा फेरि अर्को मौन धारणा गरियो । यतिबेला अपहरणकारीले दक्षिण टावरमा विमान ठोक्काएका थिए । ९ः ३७ मा अर्को मौनधारण गरियो । यस समय अपहरणकारीले पेन्टागन हमला गरेका थिए, त्यहाँ प्लेन जमिनमा गिर्दा १ सय ८४ जनाको मृत्यु भयो । 

१०ः ३० बजे पेन्सिलभेनियास्थित सन्क्सभिल्लीमा चौथो प्लेन गिरेको थियो, अपहरणकारीसँग यात्रुहरुले झगडा गर्दा यो प्लेन खुला मैदानमै दुर्घटनामा पर्यो । यस हमलाको योजना अल कायदाका नेता ओशामा बिन लादेनले बनाएका थिए । २०११ मा पाकिस्तानको अबोट्टाबादमा लादेनलाई अमेरिकी सैनिकहरुले मारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप