बाल अधिकारको सुनिश्चितता गरौँ
-आभास ढुङ्गेल
नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । यस दिनका लागि एक नारा तयार गरिन्छ । कतैकतै विभिन्न कार्यक्रम पनि हुन्छन् । बाल अधिकारको हनन गर्न नहुने, बाल अधिकार सुनिश्चित गरिनुपर्ने, हरेक क्षेत्रमा बालबालिकालाई प्राथमिकीकरण गरिनुपर्ने जस्ता आवाज उठ्छन् । तर यी र यस्ता आवाज केही समयका लागि गुन्जिन्छन् र बिस्तारै बिलाएर जान्छन् । यस्तै पद्धतिबाट राष्ट्रिय बालदिवस मनाउने प्रचलन निकै लामो समयदेखि चलिआएको छ ।
बाल अधिकारका बारेमा हामीले बारम्बार कुरा गर्दै आए पनि वास्तवमा बालबालिकाले पूर्ण रूपमा बाल अधिकार प्राप्त गरेको महसुस गर्न सकेका छैनन् । सन् १९८९ मा बाल अधिकार महासन्धि पारित भएसँगै विश्वमा बाल अधिकारका सवालमा निकै परिवर्तन भइसकेका छन् । नेपालले पनि उक्त महासन्धिलाई १९९० मा अनुमोदन गरेको छ ।
बालबालिकाको हक, हित सुनिश्चितताका लागि विभिन्न कार्य पनि भएका छन् तर त्यति हुँदाहुँदै पनि सम्पूर्ण वर्ग, लिङ्ग, जातजाति, भाषा, धर्म र सम्प्रदायका बालबालिकालाई समेट्न सक्ने गरी गरिएका कार्यक्रमको सङ्ख्या न्यून छ ।
बालबालिकाका लागि सञ्चालन गरिएका कार्यक्रममा बालबालिकाको प्रत्यक्ष सहभागिता कमै मात्र पाइन्छ ।
हाल कोरोना महामारीका कारण बालबालिका निकै प्रभावित बनेका छन् । बालबालिकाका आधारभूत आवश्यकतासमेत पूरा हुन सकेको छैन । कोभिडकै कारण धेरै बालबालिकाले ज्यानसमेत गुमाइसकेका छन् । यस्तो अवस्थामा कोरोना महामारीका कारण बालबालिकामा नकारात्मक असर परिरहेको छ । यस्ता असरको न्यूनीकरण गर्न समयमै सम्बन्धित सबैले ध्यान पु¥याउन जरुरी छ ।
बालबालिका भनेका भविष्यका कर्णधार हुन् । त्यसैले बालबालिकालाई बाल्यावस्थामा नै उपर्युक्त वातावरण प्राप्त हुन सक्यो भने मात्र उनीहरु देश निर्माणको प्रभावकारी आधार बन्न सक्छन् ।
वर्तमान परिवेशमा बालबालिकालाई कोरोना महामारीबाट जोगाउनु नै प्रमुख कार्य हो । कोरोना महामारीको २ वर्ष बितिसक्दा समेत बालबालिकाका लागि कुनै पनि उपचार प्रविधिको विकास भई सकेको छैन । यस्तो परिवेशमा बालबालिकालाई कोरोनाबाट कसरी जोगाउन सकिन्छ । उनीहरुको व्यक्तित्व विकासमा परेको असर कसरी न्यूनीकरण गर्न सकिन्छ । महामारीको समयमा समेत कसरी बाल अधिकारको सुनिश्चितता गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्न आवश्यक छ ।
अन्त्यमा हामी बालबालिका कोरोना महामारीको कारण विद्यालय शिक्षाबाट समेत वञ्चित भएका छौँ । हाम्रा व्यक्तित्व विकासका सबै पक्षमा असर परिरहेको छ । यस सन्दर्भमा सम्बन्धित सम्पूर्ण पक्षले गम्भीर विचार गरी हामीलाई यस परिस्थितिबाट बाहिर ल्याउ मद्दत गर्नु हुनेछ र ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारालाई सार्थक तुल्याउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण