जनताको मनमा घर बनाउँछौ : विष्णु पौडेल
बुधबार, ३० भदौ २०७८, १० : ००
१
नेकपा एमालेका नेता विष्णु पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको बताएका छन् । बुधबार रुपन्देहीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले जनताको मनमा घर बनाएकाले चुनाव जित्न सरकारमै हुनुपर्छ भन्ने मान्यता एमालेले नराखेको बताएका हुन् ।
‘चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन । हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छौ र चुनाव जित्छौ ।’ उनले जनताकोमा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण