जनताको मनमा घर बनाउँछौ : विष्णु पौडेल
बुधबार, ३० भदौ २०७८, १० : ००
१
नेकपा एमालेका नेता विष्णु पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको बताएका छन् । बुधबार रुपन्देहीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले जनताको मनमा घर बनाएकाले चुनाव जित्न सरकारमै हुनुपर्छ भन्ने मान्यता एमालेले नराखेको बताएका हुन् ।
‘चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन । हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छौ र चुनाव जित्छौ ।’ उनले जनताकोमा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन