महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटिन् मान्छेको औंला
एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।
न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो ।
यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् ।
उनले उक्त बर्गर, भेटिएको मान्छेको औंला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।
उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।
सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।
यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण