गायनमा फर्किए सांगीतिक समूह ‘ओकिली’का अनिश
सोमबार, ०४ असोज २०७८, १६ : ५९
एक समयको लोकप्रिय सांगीतिक समूह ‘ओकिली’ का गायक अनिश ओकिली फेरि गायनमा फर्किएका छन् । ‘सरिताको दिदी’ बोलको गीतमार्फत ओकिलीले गायनमा कमब्याक गरेका हुन् । अनिशकै शब्द तथा संगीत रहेको गीतको शब्दका लागि उनलाई अयोध्या पी उपाध्यायले सहयोग गरेका थिए । चाँद सिंहको संगीत संयोजन गीतमा छ ।
गीत भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालको मुख्य अभिनय देख्न सकिन्छ । कलाकार सन्दीप क्षेत्री पनि भिडियोमा अभिनय छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाँकन तथा विजेश पौडेलको सम्पादन रहेको भिडियो बिजेश तथा राजनले नै निर्देशन गरेका हुन् ।
नेपाली सांगीतिक क्षेत्रमा अनिशका ‘मेरी ओकिली’, ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण