तुलसीपुर उपमहानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण
तुलसीपुर उपमहानगरपालिकाले छात्राहरूलाई ५० वटा साइकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरूको सशक्तीकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।
तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा यूएनडिपी प्रतिनिधि लाबेले विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधि लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिए ।
सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने बताए । पर्यावरणलाई जोगाउनुका साथै साइकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो वर्षदेखि किशोरीहरूलाई साइकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो वर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साइकल वितरण गरेको थियो ।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययन गर्ने र घरदेखि स्कुलको दुरी आधा घन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साइकल वितरण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण