डीआईजीको नाममा पैसा उठाउने महिला पक्राउ
प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुशीला थापा रहेकी छिन् । थापालाई सर्लाही प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।
शिक्षिका सुशीला थापाले डीआईजी उमेश रञ्जीतकारको नाम बदनाम गराउने काम गर्दै हिँडेकाले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाउने तयारी भइरहेको एसपी घिमिरेले बताएका छन् । यसैबीच डीआईजी घिमिरे गरुडा पुगेर पक्राउ परेकी महिला र एसपी घिमिरेसँग घटनाको वास्तविकताबारे बुझेका छन् ।
गरुडास्थित प्रहरी विद्यालयमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै थापाले पर्सामा एक जना उदेश पाण्डेसँग ६ लाख रुपैयाँको बार्गेनिङ गरेको अडियो केही दिन अघि सार्वजनिक भएको थियो ।
पाण्डेले जागिर नपाएको रिसमा महिला शिक्षिका सुशीला थापालाई सिकाएर मलाई बदनाम गराउने षड्यन्त्र गरेको डीआईजी उमेश रञ्जीतकारले बताएका छन् । प्रहरी विद्यालयको अध्यक्ष जिल्लाकै एसपी हुने र आरोपी महिलासँग आफ्नो चिनजानसमेत नरहेको डीआईजी रन्जित्कारले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण