गण्डकीमा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ११८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन् ।
प्रदेशका ३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८५ हजार ८२ पुगेको छ ।
विगत लामो समय देखि कोरोनाका कारण गण्डकीमा प्रत्येक दिन मृत्यु हुनेको सङ्ख्या उच्च रहे पनि शुक्रबार भने प्रदेशमा मृतकको सङ्ख्या शून्य रहेको छ । हालसम्म गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३५३ रहेको छ । प्रदेशमा शुक्रबार १४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८२ हजार ४६२ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २२७ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण