पत्रकार गिरी र सुवेदीलाई ‘पत्रकारिता पुरस्कार–२०२०’
नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना हुने भएको छ । तुलसी मिडियाको आयोजनामा हुन लागेको सो अवार्ड कार्यक्रम असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा हुने भएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले असोज १८ गते भव्य समारोहबीच म्युजिक अवार्ड आयोजना हुने बताए ।
उक्त अवार्ड समारोहमा नगद राशिसहित दुई पत्रकार सम्मानित हुने भएका छन्। दुई दशक लामो समयदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण सुवेदी र पत्रकार कुबेर गिरीलाई ‘पत्रकारिता सम्मान–२०२०’ बाट सम्मानित गरिने जानकारी आयोजक पक्षले दिएको छ।
अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने आयोजक पक्षले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण