तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ
इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात काट्नु निकै जरुरी छ,’ एशोसिएट प्रेससँगको कुराकानीमा तुराबीले भने । यद्यपि, सार्वजनिकस्थलमा यस्तो सजाय दिने वा नदिने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय लिने उनले बताए ।
दुई दशकअघि तालिबानको शासन हुँदा तुराबीले नै कानून मन्त्रालय हेर्थें । त्यतिबेला अफगानिस्तानमा अपराधीहरूलाई रंगशालामा गोली हानेर मार्ने गरिएको थियो, पीडितका परिवारले उनीहरुलाई सार्वजनिकस्थलमा टाउको गोली हान्थेँ । क्षतिपूर्ति रकम लिएर अपराधीलाई माफी दिन पाउने अधिकार पनि पीडितसँग थियो । त्यसैगरी चोरीको अभियोग लागेकाहरूको हात काट्ने गरिन्थ्यो । त्यसैगरी हाइवेमा लुट्नेहरूको हात र खुट्टा काटिन्थ्यो ।
तुराबीले काबुलको नयाँ सत्तामा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी पनि दिएका छन् । ‘रंगशालामा दिइएको सजायका लागि धेरैले हाम्रो आलोचना गरे । तर, हामीले उनीहरुका कानून र सजायबारे कहिल्यै केही भनेनौँ’ तुराबीले एशोसिएट प्रेससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो कानून कस्तो हुनुपर्छ भनेर कसैले भन्ने होइन । हामी इस्लामको पालना गर्छौ र कुरानअनुसार कानून बनाउँछौं ।’
१९९६ देखि २००१ सम्म तालिबानी शासन अति कठोर थियो । पुरुषहरूले अनिवार्य दाह्री पाल्नुपर्ने, महिलाहरुले बुर्का लगाउनुपर्ने, संगीतमाथि प्रतिबन्धलगायत कडा नियमहरु बनाइएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण