पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।
केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले रातोपाटीलाई बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताप बाबु तिवारीले भने–‘ विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा गरिरहेका थियौँ तर सफलतापूर्वक ल्याण्ड भएको छ ।’
विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण