प्रदेश २ : संसदीय दलको नेता छान्न लोसपा संसदीय दलको बैठक बस्दै
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको प्रदेश २ संसदीय दलको बैठक जनकपुरधाममा बस्ने भएको छ । सोमबार दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलको विधानमाथि छलफल हुने र संसदीय दलको नेतासमेत चयन गर्ने सो पार्टीका प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए ।
आइतबार नै प्रदेश सांसदहरुलाई विधानको मस्यौदा अध्ययनका लागि दिइएको छ । सो मस्यौदामाथि छलफल गर्ने र आवश्यक संशोधन एवं परिमार्जन गरि पारित गर्ने जनाइएको छ । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रिय सदस्य अनिलकुमार झासमेत उपस्थित हुने स्रोतले बताएको छ ।
लोसपाबाट प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गर्ने सम्भावना रहेको पार्टी निकट स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ प्रदेशसभामा पनि सोनल नै संसदीय दलका नेता थिए । प्रदेश २ मा लोसपाका १६ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण