प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको सोमबार रातिसम्म बसेको संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सोनललाई चयन गरेको हो ।
सहमतिको प्रयास विफल भएपछि निर्वाचनमार्फत लोसपाको संसदीय दलको नेता चयन गरिएको हो । सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । १६ सांसदमध्ये सोनलले ९ मत हासिल गरे भने महतोले ६ मत पाए । एक मत बदर भएको थियो ।
सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्रदेश सरकारमा पनि सहभागी थिए । उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले उनलाई सरकारबाट हटाएका थिए ।
लोसपा संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिलकुमार झा लगायत पनि सहभागी थिए । बैठकले लोसपाको संसदीय दलको विधान पनि पारित गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण