शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बानेश्वरमा महिलाको शव भेटियो

बिहीबार, १४ असोज २०७८, ०८ : ०५
बिहीबार, १४ असोज २०७८

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतक मागी खाने महिला भएको खुल्न आएको महानगरीय प्रहरी वृत्त  बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शव गल्न थालेको अवस्थामा भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप