बानेश्वरमा महिलाको शव भेटियो
बिहीबार, १४ असोज २०७८, ०८ : ०५
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतक मागी खाने महिला भएको खुल्न आएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिम बहादुर लामाले बताए । शव गल्न थालेको अवस्थामा भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण