तीन दिनदेखि लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण