किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार, मेलमिलापका लागि यो कति महत्वपूर्ण ?
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएको छ । उनको ताजा बयान उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला आएको छ । उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो ।
संसद सत्रका बेला किम जोङ– उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रतिच आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।
दक्षिण कोरियाप्रति उदार तर अमेरिकामाथि निशानाः
सरकारी समाचार संस्था केसीएनएले किम जोङ–उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोक दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने आफ्नो सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिका नै विस्तार हो ।’
यद्यपि, किम जोङ–उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्ताव बढेको देखिएको छ ।
केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ–उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थिति झैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण