ऐश्वर्यादेखि सलमान खानसम्म : जो विज्ञापनबाट बलिउड छिरे
मुम्बई । बलिउड स्टारले भरिएको छ । ति स्टारको पृष्ठभुमि भने फरक फरक पाउन सकिन्छ । केही बिज्ञापनबाट फिल्म अभिनयमा भित्रिएका छन्, भने केही फेसन र मोडलिङदेखि । कतिपयको पृष्ठभुमि अन्य पनि भएका पाउन सकिन्छ । यहाँ चर्चा ति बलिउड स्टारको गर्न खोजिएको छ, जसले अभिनय डेब्यु टेलिभिजन बिज्ञापनबाट गरे ।
ऐश्वर्या राय
सन् १९९४मा मिस वल्र्डको उपाधि जित्न सफल ऐश्वर्या राय बच्चन संसारकै सबैभन्दा राम्री अभिनेत्रीको सुचिमा पनि पर्दछिन् । १९९३मा उनी पहिलो पटक कोकाकोलाको बिज्ञापनमा देखिएकी थिइन् । बिज्ञापनमा उनको साथमा आमिर खान थिए । निला आँखा भएकी ऐश्वर्यालाई बिज्ञापनमा देख्दा मानिहरु छक्क पर्थे ।
बरुण धवन
डेविड धवनका कान्छा छोरा बरुण धवनले बलिउड डेब्यु पहिले एक बर्नविटा बिज्ञापनमा काम गरेका थिए । फिल्म अगाडी उनले अभिनय कोर्ष र मोडलिङ समेत गरेका थिए ।
दीपिका पादुकोण
दीपिका पछिल्लो समयकी हिट अभिनेत्री हुन् । उनी फिल्मका लागि धेरै रकम लिने गर्छिन् । मोडलबाट रुपमा करियर सुरु गरेकी दीपिकाले बलिउड डेब्यु अगाडि थुप्रै बिज्ञापनमा अभिनय गरेकी थिइन् ।
सलमान खान
दबंगका परिचय बनाएका सलमान खानको बलिउड यात्रा पनि सहज थिएन । सुरज बड्जात्यालाई भेट्नु अगाडि उनले धेरै पटक अस्वीकारको सामाना गर्नुपरेको थियो । उनले अभिनय टिभी बिज्ञापन लिम्का शितल शेय पदार्थबाट सुरु गरेका थिए ।
अनुष्का शर्मा
अनुष्का शर्माले सफल बलिउड अभिनेत्रीको सुचिमा आफ्नो नाम लेखाएकी छन् । बलिउड अगाडि उनले दक्षिण भारतीय टिभी विज्ञापनमा काम गरेकी छन् । जसमा उनले साबुनको प्रचार गरेकी थिइन् ।
सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्राले स्टुडेन्ट अफ दि इयरमामा ब्रेक पाउनु पुर्व मोडलिङ गर्दथे । डेब्यु अगाडि उनले एक बिज्ञापन अभिनय गरेका थिए ।
प्रीति जिन्टा
बबली गर्लको रुपमा परिचित अभिनेत्री प्रीति जिन्टाले पनि करियरको सुरुवात एक साबुनको बिज्ञापनबाट गरेकी थिइन् ।
जेनेलिया डिसुजा
जेनेलिया डिसुजाले हिन्दी फिल्मका साथै साउथ फिल्ममा समेत अभिनय गरेर दर्शकको मन जितेकी छन् । उनले १५ बर्षमा आफ्नो पहिलो टिभी कर्मसियल प्रोजेटमा काम गरेकी थिइन् ।सो समय उनले पार्कर पेनको बिज्ञापन समेत गरेकी थिइन् ।
बिद्या बालन
बिद्या बालनले ठुलोपर्दा अगाडि केही सिरियलमा काम गरेकी थिइन् । सिरियलपछि उनले टिभी बिज्ञापनमा समेत अभिनय गरेकी थिइन् । उनको पहिलो टिभी बिज्ञापन सर्फ एक्सेल वाशिङ्ग पाउडर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण