८ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई अगाडि बढाएका थिए ।
बैठकको सुरुमा उनले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाए । त्यसपछि उनले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए । बैठकमा उनले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका थिए ।
सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर भन्ने जस्ता नारा लगाएका थिए । प्रतिनिधिसभाको बैठक यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण