मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय
काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ ।
दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ– ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’
निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण