मधेसी जनतामाथि अन्याय र विभेद कायमै छ : महन्थ ठाकुर
शनिबार, १६ असोज २०७८, २२ : ०४
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक-पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र अन्याय हुन नदिने प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे ।
शनिवार जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको माग सम्बोधन नभएसम्म लोसपाको संघर्ष जारी रहने बताए । अध्यक्ष ठाकुरले भने, ‘संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदन दुवैबाट संघर्ष जारी रहन्छ ।’
मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा, नागरिकता विधेयक र अन्य कतिपय मुद्दा अदालतमा रहेकाले ती फिर्ता नभएसम्म संघर्ष जारी रहने ठाकुरले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण