एमालेले बोलायो स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला
नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु भएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला नौ बजेदेखि जारी रहेको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको बताइएको छ ।
दाहालका अनुसार एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने छ ।
भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् । उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । नेकपा एमालेले आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण