बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कमेडियनलाई आँचलको आग्रह– ‘कलाकारको व्यक्तिगत जीवनलाई कमेडीमा नजोड्नुस्’

मङ्गलबार, १९ असोज २०७८, ०९ : २१
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । अभिनेत्री आँचल शर्माले कलाकारको ब्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने बिषयबस्तु आफ्नो कमेडीमा बिषय नबनाउन कमेडियनलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा उनले कलाकारको ब्यक्तिगत बिषयमा ब्यङ्ग्य गर्दा नकारात्मक असर नपर्ने गरेर गर्न आग्रह सुझाइन् ।

‘कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्य​को रुपमा प्रस्तुति दिएका थिए । सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हाँसेकी थिइन् । विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहित जीवनमा असर पर्नसक्ने  आसय आँचलको रहेको थियो ।

कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए । 

कालो पहिरनमा कार्यक्रममा सहभागी आँचल हट एण्ड ब्युटी देखिएकी थिइन् । उनले अवार्डमा ‘पब्लिक च्वाइस’ अवार्ड समेत हात पारेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप