कमेडियनलाई आँचलको आग्रह– ‘कलाकारको व्यक्तिगत जीवनलाई कमेडीमा नजोड्नुस्’
काठमाडौं । अभिनेत्री आँचल शर्माले कलाकारको ब्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने बिषयबस्तु आफ्नो कमेडीमा बिषय नबनाउन कमेडियनलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा उनले कलाकारको ब्यक्तिगत बिषयमा ब्यङ्ग्य गर्दा नकारात्मक असर नपर्ने गरेर गर्न आग्रह सुझाइन् ।
‘कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्यको रुपमा प्रस्तुति दिएका थिए । सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हाँसेकी थिइन् । विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहित जीवनमा असर पर्नसक्ने आसय आँचलको रहेको थियो ।
कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए ।
कालो पहिरनमा कार्यक्रममा सहभागी आँचल हट एण्ड ब्युटी देखिएकी थिइन् । उनले अवार्डमा ‘पब्लिक च्वाइस’ अवार्ड समेत हात पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण