बेलायतमा एकैदिन झन्डै ४० हजार कोरोना संक्रमित थपिए
बेलायतमा एकैदिन झन्डै ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ८० लाख नाघेको छ ।
बेलायतमा महामारी शुरु भएयता कुल संक्रमितको संख्या ८० लाख ६६० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण संख्या लगातार ३० हजार नाघ्ने गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा यहाँ थप १४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख ३७ हजार २९५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ६४२ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ८३६ रहेको छ । यस्तै ८०० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४० लाख ८५ हजार ८३० डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९० लाख ३५ हजार ८७७ जनाले खोपको पहिलो डोज र ४ करोड ५० लाख ४९ हजार ९५३ जनाले खोपको दुवै डोज लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण