राष्ट्रिय टेलिभिजनमा सलमानले प्रतिकलाई गरे गाली
बिग बोस ओटीटीका प्रतिष्पर्धी प्रतिक सहजपाल रिसाह स्वभावका छन् । तर, उनी प्रतिष्पर्धीमध्ये सबैभन्दा बढी चर्चामा पनि रहे । उनै प्रतिक बिग बोस १५ पनि देखिएका छन् । प्रतिकले बिनाकारण झगडा मोलिरहेका छन् । उनले आफ्नो रिसाहा स्वाभाव पनि देखाइरहेका छन् ।
यसैबीच, ‘वीकेन्डका वार’ को प्रोमोमा देखाएअनुसार उनको निकै आलोचना हुने पक्का छ । प्रतिकको व्यवहारका कारण रिसाएका सलमानले राष्ट्रिय टेलिभिजनमा नै गाली गरेका छन् । उनले भनेका छन्, ‘प्रतिक तिमी बेवकुफ देखिइरहेका छौ । ‘यदि कोही मेरी आमा र बहिनी बाथरुममा भए पनि म खेलको लागि यही गर्छु’ वाह भनेपछि खेल आमा र बहिनीभन्दा माथि हो । विधिले चाहेको भए तिम्रो धज्जि उडाउन सक्थिन् । यदि मेरी बहिनी भएको भए म तिम्रो....’
प्रोमोमा सलमानले गरेको गालीलाई हाइलाइट गरिएको छ ।सलमानले खुलेआम प्रतिकलाई गाली गर्नु सही नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भएको छ । राष्ट्रिय टेलिभिजनमा सलमानले गाली गर्नु उचित नभएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’