नेपालसँग इतिहास रच्ने अवसर
नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ ।
तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।

हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ । ५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल गरिसकेको छ भने भारतले मात्र ५ गोल गर्न सकेको छ । आजको खेलमा भारतका लागि अञ्जन विष्ट, सुमन लामा, आयुष घलान र मनिस डांगी टाउको दुखाई बन्न सक्छन् । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल जिते नेपालले नयाँ इतिहास रच्ने छ भने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सुखद् बिदाइ हुनेछ । अलमुताइरीले फाइनल नै नेपालका लागि उनको अन्तिम खेल हुने बताइसकेका छन् । बंगलादेशको खेलपछि उनले नेपाल नफर्कने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण