बाढीका बीच कञ्चनपुरको महाकाली टापुमा पाँच जना फसे
आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् । भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् ।
खहरे खोला र महाकाली नदीको बीच बनेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले रातोपाटीलाई जानकारी दिए । उनीहरुको उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन भएको छ ।
‘महाकाली र खहरे खोलामा आएको बाढीले घेरिएर ५ जना फसेको भन्ने छ’ उनले भने, ‘उद्धार गर्न पनि कठिन छ । पहिल्यैदेखि त्यहाँ एक स्थानीयले कुखुरा फारम खोलेको र त्यहाँ आवत जावत गर्दै आएको जानकारी प्राप्त भएको छ ।’
बाढीका कारण भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्ती डुबानमा परेका छन् । घर–घरमा पानी पसेको तर क्षतिको विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक न्यौपाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश