बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते
विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रहेका छन् । बाढी र पहिरोबाट प्रभावित ४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करिव ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित जिल्लाहरुमा नागरिकको जीउ धनको सुरक्षाका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । मन्त्री खाँणले प्रभावित स्थानहरुलाई मध्यनजर गरी नेपाली सेनाको हेलिकप्टरलाई तयारी अवस्थामा राख्न र राहत तथा उद्धारका लागि आवश्यक सामाग्रीहरु समयमै उपलव्ध गराउन सकिने व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले बर्षा कायमै रहेको र अझै केही दिन कायम रहने भनी जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएको भन्दै तटीय र जोखिमयुक्त स्थानमा रहेका सम्पूर्ण नागरिकहरुलाई उच्च सतर्कता कायम राख्न अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण