बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब प्रहरीका सई नै हनी ट्रयापमा परे, १७ लाख स्वाहा !

बुधबार, ०३ कात्तिक २०७८, ०९ : ५८
बुधबार, ०३ कात्तिक २०७८

श्याम मगर (नाम परिवर्तन) नेपाल प्रहरीका नायव निरीक्षक (सई) हुन् । प्राविधिक प्रहरी भएका कारण उनी अन्य प्रहरीजस्ता चलाख छैनन् । मुद्दा मामिलासँग सरोकार नराख्ने तिनै सई यतिबेला एउटी युवतीको जालमा फस्दा ठुलो मानसिक तनावमा रुमलिएका छन् ।

काठमाडौँमै परिवारसँग बसेर आफ्नो काम गरिरहेका श्यामको भेट ओखलढुंंगाको सुनकोशी गाउँपालिका घर बताउने दीपा थापा (परिवर्तित नाम) सँग भयो । सुरुको भेटमा दीपाले आफूलाई सम्पन्न परिवारकी इज्जतदार महिलाका रूपमा चिनाइन् । आफ्नै साथीमार्फत् चिनजान भएका कारण श्यामले ती महिला खराब होलिन् भन्ने कल्पनै गरेनन् र भेटघाट तथा सम्पर्क निरन्तर अगाडि बढाइरहे ।

तर, त्यही चिनजान श्यामका लागि अहिले पासो बनेको छ । इज्जतदार परिवारकी महिला भनिएकी दीपा आखिरमा हनी ट्रयापमा पारेर पैसा लुट्ने पेसेवर महिला भएको श्यामले त्यतिबेला मात्रै थाहा पाए, जतिबेला उनले करिब २१ लाख रुपैयाँ दीपालाई दिइसकेका थिए । अन्तिममा आफ्नो असली अनुहार देखाएकी दीपाले केस बाहिर नल्याउने भए २५ लाखको डिमाण्ड गरिन् र अन्तिममा १७ लाखमा कुरा मिल्यो ।

अन्तरङ्ग सम्बन्धको फोटो र भिडियो डिलिट गर्ने शर्तसहित श्यामले १७ लाख त दिए, तर पनि दीपाले श्यामको पिछा गर्न भने छाडिनन् । बरु श्यामको परिवारलाई नै उल्टै धम्काउँदै थप रकम माग गर्न थालिन् ।

दुईबीचको सम्बन्धबारे श्यामको परिवारलाई भन्न थालिन् र बलात्कारको मुद्दा लगाइदिने धम्की दिन थालिन् । सोमबार रातोपाटीले दीपाको हनी ट्रयापको धन्दाबारे समाचार प्रकाशन गरेपछि भने प्रहरी नायव निरीक्षक श्यामले आफ्नो पीडाबारे रातोपाटीलाई बताएका छन् । उनले आफू कसरी पीडित बने र पेसेवर महिलाको जालमा कसरी परेँ भन्नेबारे बेलिबिस्तार लगाएका छन् ।

महिलासँगको चिनजान

नेपाल प्रहरीमा कार्यरत श्यामको भेट प्रहरीमै कार्यरत एकजना अधिकृतमार्फत् दीपासँग भयो । साथीले दीपा राम्रो परिवारकी मान्छे भएको बताएका थिए । पहिलोपटक कफी खाएर भेटघाट गरेका श्याम र दीपा पछि पनि पटक–पटक भेटघाट गर्न थाले । फोन र फेसबुकको म्यासेन्जरमा पटक–पटक कुराकानी हुन थाल्यो । दीपाले आफूसँग केही पैसा रहेको र चाहिएमा चलाउनसमेत दिने कुरा श्यामलाई बताइन् ।

आफूले कहिलेकाहीँ मिटर ब्याजमा पनि पैसा चलाउन दिने गरेको र त्यसबाटै राम्रै पैसा कमाइ हुने गरेको समेत दीपाले श्यामलाई बताइन् । कुराकानीकै क्रममा एक दिन दीपाले श्यामसँग केही दिनका लागि भन्दै ८० हजार रुपैयाँ मागिन् । सम्पन्न परिवारकी महिला ठानेर श्यामले पैसा दिए । करिब १ महिनापछि दीपाले ८० हजारको केही ब्याजसहित श्यामलाई पैसा फिर्ता गरिन् ।

यसैगरी दीपाले बेलाबेलामा श्यामसँग पैसा लिँदै केही दिनमा फिर्ता समेत गर्दै गरिन् । श्याम र दीपाको लेनदेन चल्दै गयो । यहीबीचमा उनीहरुबीच मायाप्रेमको कुरासमेत हुन थाल्यो । दीपा श्रीमानसँग डिभोर्स गरेर ५ वर्षकी छोरीसँग कपनमा बस्दै आएकी थिइन् । श्याम भने श्रीमती तथा बालबच्चासहित परिवारसँगै बस्दै आएका थिए ।

एक दिन दीपाले श्यामलाई खाना खान भन्दै आफ्नै फ्ल्याटमा बोलाइन् । सुरुमा श्यामले फ्ल्याटमा जान अस्वीकार गरे । तर, दीपाले जिद्दी गर्दै मेरो हातले पकाएको खुवाउँछु भनेपछि श्याम दीपाको फ्ल्याटमा पुगे ।

जब श्यामले पटक–पटक पैसा माग्न थाले, त्यसपछि दीपाले आफू गर्भवती भएको भन्दै ब्ल्याकमेल गर्न थालिन् । आफू गर्भवती भएका कारण विवाह गर्न वा थप पैसा दिन भन्न थालिन् । चेक बाउन्समा कारबाही अगाडि बढाउन खोजेपछि दीपाले चेक बाउन्सको केस गरे बलात्कारको केस हाल्ने धम्की दिइन् । बरु पहिले लगेको १५ लाख बाहेक पनि थप १० लाख रुपैयाँ माग्न थालिन् । त्यसपछि बल्ल श्यामले आफू पासोमा परिसकेको पत्तो पाए ।

तर, खाना खाने बहाना बनाएर कोठामा बोलाएकी दीपाले सोही दिन श्यामसँग यौनसम्बन्ध राखिन् । श्यामले प्रोटेक्सन (कण्डम) को प्रयोग गरौं भन्दा दीपाले आफूले संगिनी सुई (तीन महिने डिपो प्रोभेरा) लगाइरहेका कारण चिन्ता गर्नु नपर्ने बताइन् । त्यसपछि पनि बेलाबेलामा श्याम र दीपाबीच यौनसम्बन्ध हुन थाल्यो र आर्थिक लेनदेन पनि चलिरह्यो ।

दीपाले गत वर्षको चैत महिनातिर जग्गा किन्न केही पैसा नपुगेको भन्दै श्यामसँग १५ लाख रुपैयाँ मागिन् । भक्तपुरमा रहेको जग्गा बेचेर अर्को जग्गा किन्ने भन्दै केही दिनका लागि पैसा मागिन् । श्यामले पनि सँगै कार्यरत अन्य प्रहरी कर्मचारी र सञ्चयकोषबाट समेत सापटी लिएर दीपालाई एकैपटक १५ लाख दिए ।

यतिबेलासम्म दीपालाई उनले दिएको रकम २१ लाख पुगिसकेको थियो । पछि पैसा माग्दा माग्दा बल्ल ६ लाख फिर्ता दिइन् । तर, बाँकी १५ लाख दिने छाँटकाँट देखिएन । सुरुमा पैसा लिने समयमा मगर थरका एक व्यक्तिको नामबाट काटिएको ३० लाखको चेक पनि श्यामलाई दिइएको थियो ।

जब श्यामले पटक–पटक पैसा माग्न थाले, त्यसपछि दीपाले आफू गर्भवती भएको भन्दै ब्ल्याकमेल गर्न थालिन् । आफू गर्भवती भएका कारण विवाह गर्न वा थप पैसा दिन भन्न थालिन् । चेक बाउन्समा कारबाही अगाडि बढाउन खोजेपछि दीपाले चेक बाउन्सको केस गरे बलात्कारको केस हाल्ने धम्की दिइन् । बरु पहिले लगेको १५ लाख बाहेक पनि थप १० लाख रुपैयाँ माग्न थालिन् । त्यसपछि बल्ल श्यामले आफू पासोमा परिसकेको पत्तो पाए ।

बलात्कारको मुद्दा नै लगाउने र त्यसका लागि आफूले फोटो र भिडियोसमेत खिचेको भन्दै देखाउन थालिन् । श्याम दीपाकै कोठामा मदिरामा लठ्ठ परेको समयमा दीपाले नियोजितरुपमा फोटो र भिडियो खिचेर राखेकी रहिछिन् । त्यसपछि श्याम बरु केस मिलाउने भन्दै छलफलमा बसे ।

अन्त्यमा पहिले दिएको ३० लाखको चेक फिर्ता गर्ने र १५ लाख नलिने अनि थप २ लाख गरी कुल १७ लाख दीपालाई बुझाउने सहमति बन्यो । अनि श्यामले थप २ लाख रुपैयाँ दिए र दीपा आफैले गर्भपतन गराउने अनि त्यसको क्षतिपूर्तिबापत १७ लाख रुपैयाँ दिने कागज बन्यो ।

कागजमा दीपाले खिचेको फोटो तथा भिडियो डिलिट गर्ने, अब आइन्दा कुनै सम्पर्क नगर्ने, कहीँ कतै उजुर बाजुर नगर्ने, कानुनी उपचारमा नजाने र गर्भपतन गराएबापत एकमुष्ठरुपमा १७ लाख लिने सहमति बन्यो । र, त्यही सहमति अनुसार श्यामले दीपालाई थप २ लाख नगदसहित १७ लाख रुपैयाँ दिए ।

आफ्नो इज्जत र परिवार बचाउन भन्दै श्यामले पैसा दिए र कागज त गराए । तर, दीपाको ब्ल्याकमेल अझै सकिएन । बरु श्यामकी श्रीमती र परिवारका सदस्यलाई नै फोन गरेर कान्छी बनेर घरमा आउँछु, बलात्कारको मुद्दा हाल्छु इत्यादि भन्दै धम्की दिन थालिन् । कहिले थप पैसा माग्ने त कहिले अनेक खाले धम्की दिन थालिन् । तर, प्रहरीमै कार्यरत रहेकाले इज्जतका कारण भन्दै श्याम न कतै उजुर बाजुर गर्न गए, न त कसैलाई यसबारे बताउन नै सके ।

रातोपाटीलाई प्राप्त मिलापत्रको कागजमा दीपाको गर्भ बसेको र उक्त गर्भ तुहाउन तथा अब आइन्दा कुनै तनाव नदिन, उजुर बाजुर नगर्न र सम्पूर्ण सम्बन्ध सिध्याउन १७ लाख रुपैयाँ लिएको कुरा उल्लेख गरिएको छ ।

दीपाको हनी ट्रयापको धन्दाबारे जब सोमबार रातोपाटीमा समाचार प्रकाशन भयो, त्यसपछि पीडित श्यामले आफू कसरी हनी ट्रयापमा परेँ र कसरी जीवन बर्बाद पार्न खोजियो भनी बेलिबिस्तार लगाएका छन् । रातोपाटीसँग श्यामले भने, ‘मलाई कसरी फसाइयो भन्ने मैले बताइसकेको छु । सुरुमा आफैँ पैसा पनि दिने, अनि पैसा लिने र धेरै पैसा लिइसकेपछि ट्रयापमा पारेर उल्टै फसाउने नियत देखियो । मजस्ता व्यक्ति अब नफसुन् भन्ने चाहन्छु ।’

यस्ता व्यक्ति समाजमा हुँदासम्म जोसुकै व्यक्ति सजिलै फस्ने बताउँदै उनले भने, ‘मलाई त फसेको व्यक्ति म मात्रै होला जस्तो लागेको थियो । तर, धेरै व्यक्तिलाई यसरी नै फसाइएको रहेछ । उनको यस्तो धन्दाले धेरैको जीवन बर्बाद हुने देखियो । उनको धन्दा तत्काल रोकियोस् भन्ने चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप