जहाँ मापसे गर्नेलाई गाउँमै पिँजडामा थुनिन्छ
भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने गरिन्छ । मोतीपुरा गाउँ मापसेको त्रासदीलाई लामो समयदेखि झेल्दै आएको थियो । मापसेकै कारण पतिको मृत्यु भएका कारण गाउँमा कम्तीमा एक सय महिला विधुवा भइसकेका छन् ।
यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका लागि स्थानीय महिलाको पनि सहयोग लिने गरिएको छ । गाउँमा मानिसलाई थुन्न मिल्ने ठुलो पिँजडा बनाइएको छ, जसमा मापसेकर्तालाई रातभर थुनिन्छ । यस अतिरिक्त उसलाई एक हजार दुई सय रुपैयाँ जरिवानासमेत तिराइन्छ ।
अन्य गाउँमा पनि यही विधि अपनाइँदै
मोतीपुरा गाउँमा प्रयोगमा ल्याइएको यो विधिलाई अन्य गाउँमा पनि लागु गर्न थालिएको छ । अहमदाबादको सुरेन्द्रनगर, अमरेली र कच्छ जिल्लाका २३ भन्दा बढी गाउँमा मापसेकर्ताका लागि सजाय र जरिवानाको यो अभ्यास लागु गरिएको छ । केही स्थानमा जरिवाना रकम बढाएर दुई हजार पाँचसय निर्धारण गरिएको छ, जसबाट उठेको रकम सामाजिक काममा प्रयोग गरिन्छ ।
मोतीपुरा गाउँका प्रधानपञ्च बाबु नायकले यो अभियान सुरु गरेका हुन् । उनका अनुसार धेरै गाउँमा अहिले यो अभियान सञ्चालन भइरहेको छ । महिलाले आफ्नो घरका कोही सदस्यले मापसे गरेकोबारे सूचना दिने गर्दछन् र यसरी सूचना दिनको पहिचान गोप्य राख्ने गरिएको उनले बताए । जरिवानाबाट असुल गरिएको रकमको केही हिस्सा त्यसरी सूचना दिने महिलालाई उपलब्ध गराइने उनको भनाइ छ ।
बाबु नायक भन्छन्, ‘मापसे गर्ने पतिका कारण घरमा कलह बढ्ने गरेको थियो, घरेलु हिंसा पनि हुन्थ्यो तर अब गाउँमा घरेलु हिंसाका घटनामा ९० प्रतिशतसम्म कमी आएको छ ।’ गाउँका कोही पनि मापसे गरेको अवस्थामा फेला परेमा उसलाई पिँजडामा एक रात राख्ने गरिएको उनले बताए । ‘हामी उसलाई प्रहरीसमक्ष जिम्मा लगाउँदैनौं,’ उनले भने, ‘सामुदायिक रुपमै उसलाई कारवाही गर्दछौं, रातभर पिँजडामा थुनेपछि उसले त्यस्तो गल्ती फेरि गर्दैन ।’
पिँजडामा थुनिएको व्यक्तिलाई रातभरका लागि एक बोतल पानीमात्र दिने गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण