बाढी पहिरोबाट ९२ जनाको मृत्यु, ४२ जना सम्पर्कविहीन
अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । असोज ३१ देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
बुधवार जुम्लाको हिमा गाउँपालिका–६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छिन् । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित नालीमा ३६ वर्षीय इशान भुजेलको शव फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजनाको मृत्यु भएको छ । धरान–११ बस्ने वर्ष ४५ का झगेन्द्र राई धरान उपमहानगरपािलका–२० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेका छन् ।
ईंटहरी उपमहानगर–५ बस्ने वर्ष ७२ को चन्द्रप्रसाद काफ्ले विराट चोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण